कांग्रेस प्युठानका महासमिति सदस्य लम्सालको निधन
प्युठान चैत १ । नेपाली कांग्रेस प्युठानका युवा नेता बद्री लम्सालको ३८ वर्षको उमेरमा निधन भएको छ ।
शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा उनको निधन भएको कांग्रेस प्युठानले जनाएको छ ।
प्याङ्क्रेजको समस्या देखिएपछी उनी अस्पताल भर्ना भएका थिए।
प्युठान नगरपालिका –१ नेवजाका लम्साल हालै सम्पन्न पार्टिको चौधौ महाधिबेशनबाट महासमिति सदस्य निर्वाचित भएका हुन् । लम्सालले यश अघि नेपाल तरुणदल प्युठानको अध्यक्ष, नेपाली कांग्रेस क्षेत्र नंवर १ को क्षेत्रीय सभापती र जिल्ला उपसभापती समेत भएर काम गरेका थिए । जिल्लामा उनि उदाउंदो युवा नेताको रुपमा परिचित थिए।
दिवंगत लम्सालका श्रीमती, एक छोरा, एक छोरी छन् ।लम्सालको निधनप्रति दुख ब्याक्त गर्दै नेपाली कांग्रेस प्युठानले तीन दिन शोक मनाउने निर्णय भएको सभापति बिष्णु कुमार गिरीले बताए । जिल्ला पार्टीले लम्सालको निधन प्रती शोक बिज्ञप्ती निकालेर श्रद्धाञ्जली अर्पण गरेको छ ।

