टोखामा उपमेयरसंग बालबालिका कार्यक्रम शुरु



काठमाडौं,चैत १ । टोखा नगरपालिकामा उपमेयरसंग बालबालिका कार्यक्रम शुरु भएको छ । मंगलबारदेखि टोखा नगरपालिकामा सो कार्यक्रम शुरु भएको नगरपालिकाको कार्यालय टोखाले जनाएको हो ।

टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञान माया डंगोलले उपमेयरसंग बालबालिका कार्यक्रम औपचारिक रुपमा नगरको वडा नम्बर १ झोरमा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख अधिकारीले नगरबासीहरुको माग र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको बताए ।

कार्यक्रममा उपप्रमुख डंगोलले टोखा नगरपालिकाका ८ वटा सामुदाकिय विद्यालयका ५ हजार ८ सय २८ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिने बताइन ।

प्रतिक्रिया दिनुहोस्