संसद अधिवेशन अन्त्य
काठमाडाै,चैत २ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको जारी अधिवेशन अन्त्य गर्नुभएको छ ।
मंगलबार दिउँसो बसेको मन्त्रीपरिषदको बैठकले राती १२ बजेदेखि संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रतिनिधि सभाभ संसदको जारी अधिवेशनले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गरेको थियो। प्रतिनिधि सभा संसदको जारी अधिवेशन गत मंसिर २८मा आह्वान गरिएको थियो ।


