प्युठान होलीमा जवरजस्ती लोला र रङ छ्याप्नेलाई कारबाहि गरिने



प्युठान,चैत २ । जिल्ला प्रशासन कार्यालय प्यूठानले फागु पर्व होलीमा जवरजस्ती लोला हान्ने र रङ छ्याप्नेलाई कारबाहि हुने भएको छ।

कार्यालयले मंगलबार सुचना जारी गरेर जवरजस्ती लोला हान्ने, रङ छ्याप्ने, रङ दल्नेलाई पक्राउ गरि कानुन बमोजिम कारवाही गर्ने बताएको हो ।

होलीलाई मर्यादित बनाउन र आपराधिक गतिविधि हुन नदिन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

यस्तै, प्रहरी कार्यालयले बालबालिकाहरु बाटो, छत लगायत स्थानमा असुरक्षित तवरले होली खेल्ने हुँदा दुर्घटना निम्तने भन्दै बालबालिकाहरुलाई सुरक्षित राख्न आग्रह गरेको छ ।

त्यसैगरि होली पर्वका नाममा चन्दा संकलन गर्ने र नचिनिने गरि रङ लगाउने, मदिरा सेवन गरी सवारी चलाऊने, बसको छतमा यात्रा गर्ने, हेलमेट नलगाई मोटरसाइकल चलाउने, मोटरसाइकलमा दुई जना भन्दा बढि बस्नेलाई समेत नियन्त्रणमा लिई कारवाही गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्