बर्दियामा ब्राउन सुगरसहित तीन जना पक्राउ



बर्दिया,चैत ३ । प्रहरीले बर्दियाको बढैयाताल गाउपालिका -८ कण्ठपुर स्थित नेपाल-भारत सिमा नाकाबाट लागु औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारतको बहराइच जिल्ला बस्ने बर्ष २५ कि सबिना साई, सोही ठेगानाका बर्ष २६ को सद्दाम साई र काठमाण्डौ महानगरपालिका वडा नं. ७ बस्ने बर्ष ४७ को सुमन के.सी रहेका छन्।

उनीहरुको साथबाट ६८ ग्राम १३० मिलि ग्राम ब्राउनसुगर बरामद भएको बर्दिया प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट प्रहरी निरिक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो।

लागू औषध ब्राउनसुगर मुद्दामा पक्राउ परेका तीनै जना माथि  जिल्ला अदालत गुलरियान बर्दियाबाट १० दिनको म्यादथप गरि अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्