नुवाकोटमा अत्यावश्यक परे तुरुन्तै राष्ट्रिय परिचयपत्र



नुवाकोट, चैत ४ । नुवाकोटमा अत्यावश्यक परेको खण्डमा तुरुन्तै राष्ट्रिय परिचयपत्र पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले यस सम्बन्धि जानकारी गराउदै अत्यावश्यक परेमा नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको जनाएको छ ।

हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताएका छन् ।

उनका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल नाम दर्ता गर्नेको पालो असार पहिलो साता आउने भए पनि अत्यावश्यक परेको हो भन्ने कागजात पेश गरेमा सोही दिन सेवा दिने निर्णय गरिएको छ । पहिचानको मापदण्ड अनुसार स्वास्थ्य उपचार, वैदेशिक यात्राका लागि भिसा स्वीकृति, कुनै प्रतियोगिता, सेमिनार, गोष्ठीलगायत क्षेत्रमा रहेका र रहन समेत राष्ट्रिय परिचयपत्र दिइने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्