खोलामा डुबेर एकजनाको मृत्यु
पाल्पा,चैत ४ । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित भूतखोलामा डुबेर शुक्रबार एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका-८ का १८ वर्षीय प्रसन्न पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए।
तीनजना साथीसँगै घुम्न आएका उनी हातमुख धुने क्रममा आज दिउँसो ३ बजे खोलामा डुबेका थिए। तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाँदै गर्दा आज अपराह्न करिब ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

