बैतडीमा मिनी ट्रक दुर्घटना: एकको मृत्यु, ५ जना घाइते
बैतडी, चैत ७ । बैतडीमा मिनी ट्रक दुर्घटना भएको छ । जिल्लाको पाटनमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आइतबार साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएर दुर्घटना भएको हो सो दुर्घटनामा सुर्नया ३ का २५ वर्षीय दुर्गा चन्दको मृत्यु भएको छ । उनको उपचारका लागि डडेल्धुरा लैजादै गर्दा बाटोमानै मृत्यु भएको हो ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा सुर्नया(३ का ३५ बर्षीया माधवी चन्द, ३५ बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट रहेका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । समान्य घाइते भने घर फर्किएका छन् ।

