लेटाङमा प्रहरीको ज्यान जाने गरी भएको झडपमा संलग्न ६ जना पक्राउ
मोरङ,चैत ७ । मोरङको लेटाङमा एक महिलो प्रहरीको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
आइतबार मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा स्थानीयको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई पक्राउ गरेको मोरङ प्रहरी स्रोतले जनाएको छ । प्रहरीको हत्या मुद्धामा उनीहरुमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
एक बिद्यार्थी बालिकालाई बलात्कार गर्न खोज्ने शिक्षकलाई बचाउन खोजेको भन्दै एक समुहले प्रहरीमाथि आक्रमण गरेको थियो । लेटाङमा आज प्रशासनले कफ्र्यु लगाएको छ ।

