मन्त्री झाँक्रीसहित माधव नेपाल नुवाकोट आउँदै



नुवाकोट,चैत ८ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहरी विकासमन्त्रीसहित आज नुवाकोट आउने भएका छन ।

समाजवादीको जिल्ला कमिटीको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा सहभागी हुन पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल नुवाकोट आउन लागेको श्रोतले जनाएको छ ।

बिहान ११ बजे समाजवादीको कार्यालयमा पत्रकार भेटघाट राखिएको समाजवादी प्रेस नेपाल नुवाकोटका उपाध्यक्ष हरिराम भेटुवालले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्