नुवाकोटमा म्यादी प्रहरी बन्न तँछाड मछाड, ३ दिनमै २२ सय बढीले दिए आवेदन
नुवाकोट,चैत ८ । नुवाकोटमा म्यादी प्रहरी बन्ने युवाहरुको भीड नै लागेको छ । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुको भीड लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विहानैदेखि युवाहरू फारम भर्नका लागि तँछाड मछाड गरेर लाइनमा बस्ने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नुवाकोट जिल्लामा १३ सय २७ म्यादी प्रहरी आवश्यक रहेको छ । आगामी चैत ११ गते शुक्रबारसम्म आवेदन दिने म्याद रहेको उनले बताए ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयले चैत १३ गते सम्पर्क मिति तय गरेको छ भने त्यस लगत्तै शारीरिक तथा स्वास्थ्य परीक्षणको कार्य गरिनेछ ।

