वाग्मती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्म स्थगित



काठमाडौं,चैत ८ । वाग्मती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

मंगलबार सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४० मिनेट ढिलो गरी सुरु भएको थियो । सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

वैठकले सदनमा पेश भएको ३ वटा विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्