नुवाकोटमा वडाध्यक्षसहित एक सय बढी नेताकार्यकर्ता समाजवादीमा प्रवेश



नुवाकोट,चैत ८ । नुवाकोटमा वडाध्यक्षसहित एक सय बढी नेताकार्यकर्ता नेकपा समाजवादीमा प्रवेश गरेका छन् । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौला नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन ।

नेकपा एकिकृत समाजवादीद्धारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा विदुर नगरपालिका वडा नम्बर ६ का एमाले वडाध्यक्ष सडौलासहित दर्जनौं कार्यकर्ता समाजवादीमा प्रवेश गरेका छन् ।

एमालेबाट निर्वाचित वडाध्यक्ष सडौलाले बाँदरको हातमा पार्टी पुगेको र विधि र विधान अनुरुप पार्टी संचालन नभएकोले आफुहरु एकीकृत समाजवादी प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्