नेकपा एस बालिग भैसक्यो बालिग नहुँदै एक मुक्का हानेर ओलीलाई उत्तानो बनाईदियौं – नेता नेपाल
नुवाकोट, चैत ८ । नेकपा समाजवादीका अध्यक्ष माधबकुमार नेपालले समाजवादी पार्टी चानचुने पार्टी नभई बालिग उमेरको भैसकेको बताएका छन् । मंगलबार नुवाकोटका पत्रकारसँग भेटघाटका क्रममा नेता नेपालले पार्टी परिपक्व भैसकेको र गठबन्धन टिक्दैन भन्नेहरुलाई समयमै चुनावी गठबन्धन गरी देखाईदिने बताएका छन् । गठबन्धन चुनावसम्म राखेर पार्टीको शिर ठाडो राख्ने प्रतिबद्धता समेत नेपालले जनाए ।
कतिपयलाई चुनावको बारेमा अझै द्वविधा भैरहेको बताउदै वैशाख ३० गते भित्र हुनेमा कुनै शंका नगरी घनिभूत रुपमा पार्टी संगठनात्मक ढंगले अगाडि बढ्न पार्टी पंक्तिलाई सुझाए । जनताको माझ पार्टीलाई लोकपि्रय बनाउन स्टिकर बाडनु, नारा घन्काउनु पर्ने हो कि घर दैलो अभियानमा जानुपर्ने हो कि हरतरहले अगाडि बढ्न पार्टी पंक्तिलाई उनले अनुरोध गरेको बताए ।
मुलधारका नेताहरु र पार्टीको अन्य नेताहरु विपक्षीपार्टी बीच रातारात भेटघाट भएको जस्ता तथ्यहिन कुराको प्रचार गरेर पार्टीलाई कम्जोर तुल्याउन खोजेकाले सबै कार्यकर्ता चनाखो हुनुपर्ने बताए । त्यस्ता कुप्रचारको भ्रममा नपर्न सुझाउदै एमसीसी कानुनी रुपमै अन्तर्राष्ट्रिय ऐन कानुन अनुरुप ब्याख्यात्मक टिप्पणी उठाएको बताए ।
जस्ले गर्दा नेपाली मनोभावनामा कुनै ठेस नपुग्ने उनले बताए । नेता नेपालले केपी ओलीले कमा र फुलस्टप विना जस्ताको तस्तै एमसीसी पास गराउन लागिपरेको आरोप लगाए ।आफुहरुले कुनै सैन्य गठबन्धनमा लान नहुने बुलन्द आवाज कानूनी आधारमा बनाएको बताए । सोही प्रसङ्गमा नेता नेपालले भने-‘संसदले पास गरेको छ भन्ने तर्क आए नेपालमा गणतन्त्र कसरी आयो भनेर सोधे के जवाफ दिने?संविधान कस्ले जारी गर्यो भन्दा जवाफ के दिने?’
एमसीसीलाई ब्याख्यात्मक टिप्पणीका साथ अगाडि बढाएको नेता नेपालले बताए । एमाले र काङ्ग्रेस इन्कित गर्दै नेपालले जोडे- ‘खुसुखुसु पास गरुन् भनी काङ्ग्रेस र ओली पक्षधर सडकमा बिरोध गरे जस्तो गरी आन्दोलन गरेको देखेर आफु आश्चर्यमा परेको थिए ।’

