बाँकेमा प्लाष्टिक भित्र एक जनाको शव फेला



बाँके,चैत १० । बाँकेमा प्लाष्टिक भित्र एक जनाको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राझा, विमानस्थलको पूर्व पट्टि शव फेला परहेको हो ।

आज विहीबार विहान ७ बजे विमानस्थलको पूर्वपट्टिको खेतमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । शवको परिचय भने खुलेको छैन । शवमा चोटपटक पनि नदेखिएको बाँके प्रहरीका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

शवमा चोटपटक देखिदैन । घाँटीमा भने अलिअलि निलडाम देखिन्छ,उनले भने, शंकास्पद रहेकाले अनुसन्धान भइरहेको छ । शवको पोष्टमार्टमपछि थप जानकारी खुल्ने डिएसपी न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्