तीनै तहको निर्वाचनमा चुनावी तालमेल गर्नुपर्छ: देउवा
काठमाडौं,चैत १० । शेरबहादुरले पाँच दलीय गठबन्धनलाई चुनावसम्मै बचाएर लाने बताएका छन् ।
प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा दलहरूबीच तालमेल हुने बताएका हुन् ।
‘स्थानीय चुनावमा मात्र नभई प्रदेश र प्रतिनिधि सभा चुनावसम्म नै गठबन्धनलाई लैजानुपर्छ। उनिहरूलाई पनि उचित स्थान दिनुपर्छ,’ तनहुँ कांग्रेसले दमौलीमा गरेको कार्यक्रममा आज प्रधानमन्त्री देउवाले भने, ‘लोकतन्त्र बचाउन गठबन्धनका दलले योगदान गरेका छन्।’ उनले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा कांग्रेसलाई जिताउन पार्टी एकढिक्का भएर लाग्नुपर्नेमा पनि जोड दिएका छन् ।

