पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
काठमाडौं,चैत १० । पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरिएको छ । जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
जबर्जस्तीकरणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला सरकारी वकिल रामचन्द्र शर्माले जानकारी दिए।

