सुमो र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
काठमाडौं,चैत १० । हेटौंडा–भैंसे सडकखण्डको भीमफेदीमा सवारी दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ ।
आज बिहीबार दिउँसो १ बजेको समयमा भीमफेदी गाउँपालिका–१ सुन्दरी माई स्थित त्रिभुवन राजमार्गमा टाटा सुमो र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको ना १ ज ३४७२ नम्बरको सुमो र काठमाडौंबाट हेटौंडातर्फ जादै गरेको ना ४९ प २५५६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किदा मोटरसाइकल चालक हेटौडा ८ कमाने बस्ने बर्ष ३१ को प्रमोद कुमार रिमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटना हुने दुवै सवारी साधन र सुमोका चालक काठमाडौं–१४, बल्खु का ३९ बर्षीय अर्जुन भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

