म्यादी प्रहरीमा दोब्बर भन्दा बढी आवेदन, शुक्रवार आवेदन दिने अन्तिम दिन
काठमाडौँ,चैत ११ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर बढी आवेदन परेका छन् ।
प्रहरी प्रधान कार्यालयले गत चैत ६ गते देखि १ लाख म्यादी प्रहरीका लागि आवेदन माग गरेकोमा बिहिवार पाँचौं दिनसम्म दोब्बरले भन्दा बढी आवेदन परेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार बिहिवारसम्म २ लाख ५० हजार १९६ जनाले आवदेन दिएका छन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुकुमार केसीले उक्त जानकारी दिए ।
उका अनुसार चैत ६ गते पहिलो दिन ३० हजार २९९ आवदेन परेक थिए । दोस्रो दिन ७ गते ५३ हजार २९९, तेस्रो दिन ५७ हजार १६१, चौथो दिन ५८ हजार २२१ र बिहिवार पाँचौं दिन ५१ हजार २१६ जाना नेपाली नागरिकले आवेदन दिएका छन् ।
चैत ११ गतेसम्मका लागि खुलाइएको विज्ञापन अनुसार शुक्रवार अवेदन दिने अन्तिम दिन हो ।

