शिवपुरी गाउँपालिका पशु शाखाको उदाहरणीय काम, दलित लक्षित समुदायलाई बङ्गुर वितरण



नुवाकोट । शिवपुरी गाउँपालिका पशु शाखाले उदाहरणीय काम गरेको छ ।

सो शाखाले सेवा क्षेत्रमा रहेका दलित समुदायको आर्थिक पक्ष तथा जीवनस्तर सुधार गर्न बङ्गुर वितरण गर्दै नयाँ अभ्यासको थालनी गरेको हो ।

गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम अनुसार दलित समुदायलाई बङ्गुरका पाठापाठी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मा १९ वटा, वडा नम्बर २ मा ९ वटा, वडा नम्बर ३ मा ४६ वटा बङ्गुर वितरण गरिएको गाउँपालिकको कार्यालय शिवपुरीले जनाएको छ । त्यस्तै गाउँपालिकाको स्याउरे प्राविधिक शिक्षालयलाई ३ वटा, वडा नम्बर ४ मा ५५ वटा, वडा नम्बर ५ मा २४ वटा, वडा नम्बर ६ मा १७ वटा बङ्गुर वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बुङ्गुर वितरण गर्दै जीवन स्तर सुधार र आर्थिक उन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्