नुवाकोटको चिम्टेश्वरमा होमस्टे व्यवस्थापन तालिम



नुवाकोट,चैत ११। बेल्कोटगढी नगरपालिकाको ऐतिहासिक क्षेत्र चिम्टेश्वरमा होमस्टे व्यवस्थापन तालिम कार्यक्रम सुरु भएको छ । तालिम कार्यक्रमको उद्घाटन गर्दै बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्र रमण खनालले नगरपालिकाको ऐतिहासिक र सांस्कृतिक स्थल चिम्टेश्वर क्षेत्रको विकासको लागी होमस्टे तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । खनालले होमस्टे संचालनको लागी नगरपालिकाबाट तत्काललाई तामाङ जातिको पहिचान झल्कने भेषभुषा र बाजा किन्न सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यतm गर्नु भयो ।

तालिम कार्यक्रममा बेल्कोटगढी नगरपालिका १ चिम्टेश्वर क्षेत्रका भञ्याङ, काफलचौर, शेरा, आरुखर्कका ३० जनाको सहभागिता रहेको छ । तालिम कार्यक्रम पाँच दिन चल्नेछ । तालिम कार्यक्रम उद्घाटन समारोहमा मन्तव्य राख्दै छहारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद खनालले होमस्टे संचालनको लागी सामुदायिक भवन, भेषभुषा सहितको बाजागाजा तथा क्षमता अभिवृद्धि कार्यक्रम नियमित संचालनको लागि नगरपालिको ध्यानार्कषण गराउनु भयो । तालिम कार्यक्रममा बेल्कोटगढी वडा नं. ९ का वडाअध्यक्ष बाबुराम गजुरेल, बेल्कोटगढी वडा नं. १ का कार्यवाहक वडाअध्यक्ष हर्कबहादुर तामाङ, बेल्कोट भञ्ज्याङ्ग माध्यामिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्र न्यौपाने, नेकपा एमालेका युवा नेता राजु तिवारी, विद्यार्थी नेता प्रशान्तजंग पाण्डे, छहारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मधु खनाल, दिपशिखा महिला उद्यमी सहकारी संस्थाका सचिव रुपा कंडेल, एमाले नेतृ युनिशा तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तालिम कार्यक्रमा अतिथी सत्कार, सरसफाई, रैथाने खाना पकाउने, सांस्कृतिक कार्यक्रम, पाहुनालाई हाइकिङ गराउने, पाहुनाको स्वागत÷विदाई विषयमा प्रशिक्षण दिने प्रशिक्षक भुमराज तिवारीले बताउनु भयो । नुवाकोटको नयाँ गन्तव्यको रुपमा चिम्टेश्वरको पहिचान बन्ने प्रशिक्षक प्रकाश ढकालले बताउनु भयो ।

चिम्टेश्वर क्षेत्रमा भ्यूटावर निर्माणाधिन छ भने पैदलयात्रुलाई सिढि निमार्ण गरिएको छ । चिम्टेश्वर क्षेत्रबाट हिमालको अवलोकन सहित नुवाकोट जिल्ला सहित रसुवा धादिङ जिल्लाका लगायतका अधिकाशं भु भागको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्