चिनियाँ विदेशमन्त्री वाङ यीको हाइकिङ मोह: यस पटक शिवपुरी जाने
काठमाडौं, चैत ११ । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी विशेष विमानमा काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं आइपुगेका हुन । चिनियाँ विदेशमन्त्रीको रुपमा यो उनको तेस्रो नेपाल भ्रमण हो ।
चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदा उनले राख्नै लगाउने एउटा कार्यक्रम हो– हाइकिङ । अन्य देशको भ्रमण गर्दा उनी हाइकिङमा निस्कदैनन् । तर नेपाल भ्रमणको बखत उनी हाइकिङ गर्न छुटाउँदैनन् । नेपालका सुन्दर पहाडले उनलाई लाेभ्याउने गरेकाे छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यस पटकको भ्रमणमा पनि उनी हाइकिङ्मा निस्कने छन् । पहिलो पटक नेपाल आउँदा नगरकोट, दोस्रो पटक आउँदा चन्द्रागिरी र अहिले तेस्रो पटक आउँदा उनी शिवरपुरी जाने तयारी गरिएको छ ।
शनिबार विहान उनी शिवपुरी हाइकिङमा जाने तयारी गरिएको श्रोतले जनाएको छ। उनले हाइकिङमा कति समय बिताउँछन् भन्ने केही खुलाइएको छैन । अघिल्ला भ्रमणमा उनले एक देखि डेढ घण्टा हाइकिङमा बिताउने गरेका थिए ।

