पूर्व राष्ट्रपति रामवरण यादव शनिबार नुवाकोट आउँदै
नुवाकोट,चैत ११ । पूर्व राष्ट्रपति रामवरण यादव नुवाकोट आउने भएका छन । शिवपुरी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनका लागि यादव भोलि शनिबार नुवाकोट आउन लागेका हुन।
सरकारी कार्यालय उद्घाटन समारोह भएकाले अन्य पार्टीका नेतागणलाई समेत निम्तो गरिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए । यसअघि पौष ३० गते भवन उद्घाटन कार्यक्रम तय गरिए पनि कोभिडका कारण कार्यक्रम रोकिएको थियोे ।
भोलिको कार्यक्रममा काङ्ग्रेस नेता रामशरण महत, अर्जुननरसिंह केसी, जगदीश्वर नरसिंह केसी, रमेशकुमार महत, हितबहादुर तामाङ, प्रदेश उपसभामुख राधिका तामाङ, नारायण खतिवडा, राजेन्द्रप्रकाश लोहनी लगायत नेतागणलाई एउटै मञ्चमा देख्न पाइने भएको छ ।
राजनैतिक उत्तराचढाब बीच नजिकिदो स्थानीय चुनाव बीच यस कार्यक्रममा नुवाकोट विकास र परिवर्तनका नयाँ कुरा आउने अपेक्षा स्थानीय जनप्रतिनिधि तथा कार्यकर्ताले अपेक्षा राखेका छन् । कार्यक्रमको बृहत् तयारी गरिएको छ । अतिथिका स्वागतका लागि ठाउँ ठाउँमा स्वागतद्वार बनाइएको छ ।
नवनिर्मित प्रशासनिक भवन २ वर्ष अगाडि निर्माण सम्पन्न भएको हो । गाउँपालिकाले गाउँगाउमा सिंह दरबारको दृष्ट्रान्त दुई वर्ष अगावै नागरिकलाई प्रत्याभूत गरिसकेतापनि भवन उद्घाटन भने विभिन्न कारणवस हुन सकेको थिएन । स्वास्थ्य शाखा, शिक्षा शाखा, कृषि शाखा, कृषि तथा भेटेनरी शाखा एउटै भवनबाट गाउँपालिकाले नागरिकलाई सेवा पुर्याउदै आएको छ ।

