किसानका खेतमा विप्लव नेकपाका नेताहरु



कपिलवस्तु,चैत १२ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरुले किसानका गहुँ काटी दिएका छन् ।

नेकपाको १२ केन्द्रीय कमिटीको पुर्ण बैठकमा सहभागी हुन कपिलवस्तुमा रहेका केन्द्रीय सदस्यहरु बिहीबार त्यहाँका किसानको गहुँ काटिएको नेता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले जनाएका छन् ।

उनले लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १२ औं पुर्ण बैठकमा सहभागी नेताहरू केन्द्रीय जनकम्युन, शिवगढी कपिलवस्तुमा श्रममा सहभागी हुँदै ।’ नेकपाको १२ औं केन्द्रीय कमिटीको बैठक कपिलवस्तुमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्