प्रगतिशील लेखक संघ नुवाकोटको अध्यक्षमा रामहरि गजुरेल
विदुर,चैत १२ । प्रगतिशील लेखक संघ नुवाकोटको चौथो जिल्ला अधिबेशन शुक्रवार विदुरमा सम्पन्न भएको छ ।
अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा रामहरि गजुरेल, उपाध्यक्षमा रुपा अर्याल, सचिवमा सुमित्रा सुमी, सहसचिवमा बिविना लामिछाने र कोषाध्यक्षमा शम्भुप्रसाद गजुरेल रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा प्रदिपकुमार भट्ट, काजी खान, रामेश्वर गजुरेल, कोपिला अर्याल, राजकुमारी खड्का, शुसिला नेपाल, दुर्गा पनेरु र सुदन लामिछाने चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष गजुरेल यस अघि उपाध्यक्ष थिए ।

