नुवाकोट शिवपुरीमा पूर्व राष्ट्रपति यादवको भव्य स्वागत
नुवाकोट, चैत १२ । पूर्व राष्ट्रपति रामवरण यादबलाई शिवपुरी गाउँपालिकाले भव्य स्वागत गरेको छ ।
झण्डै दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न पूर्व राष्ट्रपति यादवसहित विभिन्न राजनीति दलका नेताकार्यकर्ताहरु शनिबार नुवाकोटको शिवपुरी गाउँपालिका पुगेका हुन।
कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले देश संकट नै संकटमा गुजारा तुल्याउदै गुज्रिएको बताए । हाल चुनावमय देश चुनावमय भएकाले राष्ट्रहितका लागि सबै एकजुट भइ अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा यादवले पटकपटक नेता डाक्टर रामशरण महत, डाक्टर प्रकाशशरण महत, रमेशकुमार महत र अर्जुननरसिंह केसीको नाम लिए ।
नुवाकोटका नेतागणसग आफ्नो गहिरो सम्बन्ध रहेको बताउदै उनले गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई समयमै भवन निर्माण कार्य सम्पन्न गरी नागरिकलाई सेवा दिन सकेकोमा धन्यवाद व्यक्त गरे । पहिलो चरणमा तोकिएको समय आफू कोभिड संक्रमण वृद्धि भएकाले उपस्थित नहुन नसकेकोमा क्षमा मागे । आउदो चुनावमा जनता सेवक राजनीतिक दललाई चुन्न आव्हान गरे।
गाउँपालिकका अध्यक्ष रामकृष्ण थापाले पञ्चे बाजासहित पुष्प गुच्छाले स्वागत गरेका थिए । कार्यक्रममा वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, एमाले नेता बद्री मैनाली विभिन्न गाउँपालिकाका प्रतिनिधिहरु, नेतृत्व तहका पार्टी कार्यकर्ताहरु, स्थानीय नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
प्रमुख अतिथि लगायत नेतागणलाई कार्यक्रम स्टेजसम्म पुग्न रातो कार्पेटको ब्यवस्थापन गरिएको थियोे ।







