नेपाल-चीनबीच केरुङ काठमाडौं रेलमार्ग निर्माणसहित ९ वटा सम्झौता
काठमाण्डौँ,चैत १२ । नेपाल र चीनबीच शनिबार केरुङ–काठमाडौ रेल विस्तार सहित ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सिंहदरबास्थित प्रधानमन्त्रीको कार्यालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि हस्ताक्षर सम्पन्न भएको हो ।
आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ ।
नेपालमा उत्पादित सामाग्रीहरुलाई चीनमा निर्यात गर्दा सहुलियत दिने विषय पनि सम्झौतामा समेटिएको छ । दुवै देशका तर्फबाट २५/२५ सदस्य प्रतिनिधिमण्डल वार्तामा सहभागी थिए ।

