टोखा झोरमा ब्रह्माकुमारी राजयोग ज्ञान पाठशाला भवन उद्घाटन



काठमाडौं,चैत १२ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा ब्रह्माकुमारी राजयोग ज्ञान पाठशाला भवन उद्घाटन भएको छ ।

शनिबार एक कार्यक्रम गर्दै सो ज्ञान पाठशाला उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डङ्गोल, टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, नेपाली काङ्ग्रेसका नेता भरतप्रसाद बिडारी लगायतको सहभागिता रहेको थियो ।

टोखा नगरपालिका र स्थानीय जनश्रमदानबाट कुल ५१ लाख ८० हजार १६० रकममा निर्मित पाठशाला भवनमा विभिन्न धार्मिक प्रयोजनका लागि ६ वटा कोठा बनाइएको छ ।

कार्यक्रममा सहभागी धेरैजसोले धार्मिक योग र साधनाबाट मात्र शान्ति र समृद्धि चयन हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्