नेपाल र चीन बीच ९ बुँदे समझदारी
काठमाडौं,चैत १३ । नेपाल र चीन बीच नौ बुँदे समझदारी भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौ बुँदे समझदारी भएको छ । शनिवार नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङको उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीन बीच नौ ओटा बुँदे समझदारी भएको हो ।
समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो । उक्त सम्झौता अन्तरगत नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत् प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छूट दिनेसहितका रहेका छन् ।
यस्तै नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात सम्वन्धि सम्झौता पनि भएको छ ।
आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता पनि भएको छ ।
त्यसैगरी चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
नेपाल–चीन सिमा नाका सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभाव, कोभिड–१९ को महामारीले आर्थिक गतिविधिमा थपेको समस्या, अर्थतन्त्रको पुनरुत्थानमा नेपालका चुनौती, घट्दो विप्रेषण आप्रवाहलगायत मुलुकले झेल्नुपरेका चुनौतीबारे उक्त समझदारी अघि परराष्ट्र मन्त्री नारायण खड्काले प्रकाश पारेका थिए । आर्थिक अभियानबाट

