दुप्चेश्वरमा रहेको अर्जुन आधारभूत विद्यालयको भवन उद्घाटन
नुवाकोट,चैत १३ । दुप्चेश्वर गाउँपालिकामा रहेको अर्जुन आधारभूत विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सो विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्रि तथा नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङ र बिशेष अतिथि वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त रुपमा गरेका हुन ।
भवन निर्माण पश्चात् दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ पुर्गाउका विद्यार्थीलाई आवश्यक कक्षा कोठाको पूर्ण ब्यवस्थापन हुने विद्यालयले जनाएको छ।

