काठमाडौं–मुम्बई सातामा तीन उडान सुरु



काठमाडौं, चैत १४ । नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ ।

करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो।

साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ ।

यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस्