गुल्मी महोत्सवको तयारी तिव्र

गुल्मी,चैत १६ । आगामी चैत २५ देखि बैशाख ४ गते सम्म सञ्चालन हुन लागेको चौंथो गुल्मी महोत्सवको मिति नजिकिन थाले पछि महोत्सवको प्रचार प्रचार समेत तिब्र पारिन थालेका छन् । महोत्सव लाई थप प्रभावकारीे बनाउनको लागि जिल्ला सदरमुकाम तम्घास स्थित बिभिन्न आमा समुह, बिद्यालय, संघ संस्था लगायतका प्रमुखहरुसँग छलफल भएको छ ।महोत्सवको उद्घाटन हुने दिनका लागि शोभा यात्रा कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरिएको महोत्सव प्रचारप्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए ।
महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न गठित ३४ वटा उपसमितिका संयोजकहरुसँग पनि छलफल भएको छ ।
समितिहरुले महोत्सव सम्पन्न गर्न आ–आफनो जिम्मेवारीमा भएगरेका प्रगतीहरुको बारेमा समिक्षा भएको भुसालले बताए । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको हो ।
महोत्सवमा झण्डै ६ दर्जन वढि बिभिन्न बिद्याका राष्ट्रिय कलाकारहरुको सहभागिता रहने भएको छ । महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव हुने स्थल चिदीचौरमा स्टल निर्माण हुन थालेको छ भने बजारमा बिभिन्न स्वागत व्यानरहरुले सजाउन थालेका छन् । चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ ।
सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ ।