चितवनमा बसले मोटरसाईकललाई ठक्कर दिदा श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाइते
चितवन,चैत १६। पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भिर घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको नारायणी यातायातको बसले पश्चिमबाट पूर्व तर्फ जादै गरेको बागमती प्रदेश ००२ प १८९५ नम्बरको मोटरसाइकललाई आज साँझ पौने ५ बजे ठक्कर दिएको हो ।
बसको ठक्कर बाट घाइते भएका मोटरसाइकल चालक रत्ननगर २ बस्ने ४५ बर्षिय निरन्जन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ४० बर्षिय निनतारा श्रेष्ठ गम्भिर घाइते भएकी छन् । उनको उपचार भइरहेको छ ।

