मृतक दिदी बहिनीको शव उठाइयो



काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजलको मेलम्ची चोकमा टिपरले ठक्करबाट मृत्यु भएका दुई बालिकाको शव आफन्तले उठाएका छन्।

स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा नर्सरी र कक्षा २ मा अध्ययनरत श्रृष्टि घिसिङ र श्रेया घिसिङको स्कुल जाने क्रममा टिपरको ठक्करबाट मृत्यु भएको थियो।

ठक्करबाट बालिकाको बुबा रोहन गम्भीर घाइते भएका छन् । उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ। टिपर कम्पनी र मृतकको आफन्त बीच सहमति भएपछि शव बुझेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्