प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगितामा सेमिफाईनल प्रतियोगिता शुक्रबार
चितवन,चैत २८ । विद्यार्थी कल्याण निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा जारी ‘प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८’ मा वन संकाय हेटौंडा, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रिबास र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टिकापुर सेमिफाईनलमा प्रवेश गरेको छ ।
कृषि संकायलाई हराउँदै वन संकाय, खजुरा कलेजलाई हराउँदै पाख्रिबास कलेज, पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायलाई हराउँदै कटारी कलेज र रोल्पा कलेजलाई हराउँदै टिकापुर कलेज सेमिफाईनलमा प्रवेश गरेका हुन् । फाईनल प्रवेशका लागि मंगलबार वन संकाय र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी तथा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रिबास र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टिकापुर बीच प्रतिस्पर्धा हुने प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक कृष्णप्रसाद थपलियाले जानकारी दिए ।
प्रतियोगितामा विश्वविद्यालयको तीन संकाय, आंगिक कलेज, नीजि कलेज गरी १६ वटा टिम सहभागी भएका थिए । प्रतियोगिताका विजयी टीमले ५० हजार, द्वितीयले २५ हजार, तेस्रोले १५ हजार र चोथौले १० हजार पुरस्कार पाउनेछन् । म्यान अफ दि टुर्नामेट र सर्वाधिक गोलकर्ताले १० हजार तथा म्यान अफ दि म्याच हुनेले २ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका संयोजक थपलियाले बताए । प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुनेछ ।

