नुवाकोटको त्रिवेणीधाममा १०८ वटा शिवलिङ्ग अनावरण



नुवाकोट,वैशाख १४ । जिल्लाको त्रिवेणीधाममा १०८ वटा शिवलिङ्ग अनावरण गरिएको छ ।

बुधबार एक समारोहका बीच शिवलिङ्ग अनावरण गरिएको हो।

चर्चित प्रवचक ईश्वरकृष्ण महाराजद्वारा उक्त शिवलिङ्ग अनावरण गरिएको त्रिवेणीधाम संरक्षण समितिका अध्यक्ष लिलादेवी थापाले बताइन् ।

पछिल्लो समय सो धाम निर्माणका लागि शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाले बजेट विनियोजन गरेर विविध योजना अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्