नुवाकोट पञ्चकन्यामा त्रिपक्षीय भिडन्त, कोही छैनन् ढुक्क
नुवाकोट,वैशाख २० । मनोनयनपत्र दर्ता भएसँगै नुवाकोटमा स्थानीय तहका उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। जिल्ला तहमा केहिबाहेकका स्थानीय तहमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
छिटफुट केहि स्थानीय तहमा कांग्रेस र एकीकृत समाजवादीसँग तालमेल भएको बताउदै आएपनि त्यस्को अक्षरस पालना हुनेमा आशंका उब्जिएको छ । चाहे माओवादी, चाहे नेकपा सामाजवादी जोजस्ले आफ्नो वर्चस्व बताएपनि कुनै पनि दल हालसम्म नै ढुक्क भने छैनन्।
५ वटा साविक गाउँ बिकास समिति मिलेर बनेको पञ्चकन्या गाउँपालिकामा माधव खनाल काङ्ग्रेस पक्षधरको जीत हुने बताउँछन् । यद्यपि टिकट नपाउने काङ्ग्रेस कार्यकर्ता सम्हाल्न सकेको खण्डमा खनाललाई राहत मिल्नेछ । पछिल्लो अवस्थालाई मूल्यांकन गर्दा केसी पक्षधर तथा टिकट नपाउने पक्षलाई काङ्ग्रेसले मिलाउन नसकेको देखिन्छ । मंगलबार पञ्चकन्याको लाकुरी भञ्ज्याङमा बस्ने भनेको दुबै पक्ष काङ्ग्रेसको भेट समेत हुन नसकेको देखिएको हो ।यसप्रकारको बाधा अड्चन काङ्ग्रेस नेता डाक्टर प्रकाशशरण महतले निवासमा छुट्टाछुट्टै बोलाएर सम्झाउदा नसम्झिने र काङ्ग्रेस उम्मेदवारलाई जिताउन लागि नपर्ने स्पष्ट देखिएको हो ।
नेपाली काङ्ग्रेस दुई पक्षीय मिल्न नसक्नु माओवादीलाई फाइदा पुग्ने राजनीति बुझ्ककडहरु बताउँछन् । तथापि माओवादीका केहि नेता कार्यकर्ताले भोट भने रुख चिन्हमा माग्ने गरेको बिशेष श्रोतले साझापथलाई जनाएको छ । श्रोतका अनुसार केहि भोट काटिने भएकाले तेजबहादुर तामाङले चुनावी मैदानमा थप कसरत गर्नुपर्ने देखिएको हो ।
पछिल्लो अवस्थालाई अवलोकन गर्दा काङ्ग्रेसको कार्यक्रमलाई माओवादी केन्द्रको घरदैलोले उच्छिनेको राजनीतिक दलका कार्यकर्ताहरु बताउँछन् । अध्यक्ष तामाङसंग हामीले बुझ्दा सबै क्षेत्रबाट उल्लेख्य मात्रामा मत पाउने र जीत सुनिस्चित हुने भन्दै विभिन्न कार्यक्रमसहित घरदैलो अभियानमा कार्यकर्ताहरु आक्रमक प्रस्तुत भएका छन् ।
०७४ को सालमा भएको निर्वाचनमा तामाङले २९६२ मत हासिल गरेका थिए । आउँदो चुनावमा यस सङ्ख्यामा थप वृद्धिका साथ चुनावमा विजयी हुने माओवादीका स्थानीय कार्यकर्ताहरुको दावी रहदै आएको छ ।
उता काङ्ग्रेसबाट एमाले फड्किएका नेता यमबहादुर थापाले जितको मत ल्याउन निक्कै गृहकार्य गर्नुपर्ने देखिन्छ । आफ्नो पकड रहेको केहि युवा समेत मतदान समयसम्म उनलाई नकुर्ने पक्षमा देखिएका हुन । पूर्व एमाले, राप्रपा नेपाल भद्रुटारका बिष्णु लुइँटेलले कुनै हालतमा थापाप्रती मन नफर्कने बताए ।बरु तेजबहादुर तर्फ हामी दयाभाव देखाउन सक्छौ- नेता लुइँटेलले भने।

