चुनावी प्रचारमा गुडिरहेको जीपको छतबाट खसेर एक जनाकाे ज्यान गयाे

दाङ,वैशाख २४ । चुनाव प्रचारमा गुडिरहेको जीपको छतबाट खसेर सल्यान कालिमाटी गाउँपालिका २ दानीचौरका एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही स्थानका १८ वर्षीय खुमराज थापा रहेको प्रहरीले जनाएको छ ।
चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जीपको छतबाट आज शनिवार बिहान ११ बजे खसेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
जीपको छतबाट खस्दा थापाको टाउकोमा गम्भीर चोट लागेको र घाइते थापालाई त्यही गाडीमा राखेर उपचारका लागी दाङको तुलसीपुर ल्याइएको थियो । गाडी तुलसीपुर प्रहरीको नियन्त्रणमा रहेको छ ।