नुवाकोट शिवपुरी चापबोटमा एमाले र माओवादी कार्यकर्ता बीच झडप



नुवाकोट,वैशाख २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित चापबोटमा एमाले र माओवादी कार्यकर्ता बीच झडप भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले दुप्चेश्वरका युवा र शिवपुरी सुनखानीका माओवादी युवा बीच झडप हुँदा केहि कार्यकर्ता घाइते भएका हुन।

घटनाको सूचना पाउने बित्तिकै छहरे अस्थायी पोस्टका प्रहरी त्यसतर्फ लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झडप गर्ने पार्टीगत ब्यक्ति नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्