जियोकको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदन : निर्वाचन प्रक्रियामा निरन्तर सुधार



काठमाडौं,वैशाख २८ । विगतका निर्वाचनभन्दा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा कानूनी तथा व्यावहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालले स्थानीय तहको निर्वाचनपूर्व गरेको पर्यवेक्षणका क्रममा छिटफुट घटनाबाहेक मनोनयन दर्ता शान्तिपूर्ण रूपमा भएको जनाइएको छ ।

समितिले स्थानीय तह निर्वाचनका लागि ३० जिल्लाका २०० पालिकामा ४०० प्रतिनिधिमार्फत पर्यवेक्षण गरेको छ । राजनीतिक दल दर्ता, उम्मेदवारी दर्ता प्रक्रियादेखि मौन अवधि शुरू हुनु एक दिन अगाडिसम्मका सम्पूर्ण वस्तुस्थिति समावेश गरिएको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदन मंगलवार सार्वजनिक गरिएको छ ।

राजनीतिक दल, उम्मेदवार र मतदातासमेत परिपक्व हुँदै गएको, एकाध ठाउँमा बाहेक दल तथा उम्मेदवार शान्तिपूर्ण रूपमा प्रचारप्रसारमा खटिएको, दल तथा उम्मेदवारले एकआपसका विरुद्ध बल प्रयोग गरेको नदेखिएको सार्वजनिक गरिएको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्