देशैभरका विद्यालय ६ दिन बिदा, निजी भने खुल्ने



काठमाडौं,वैशाख २८ । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आजदेखि ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले बुधबारबाट बिदा भएको हो ।

हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् । सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन् । निजि विद्यालय भने खुल्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्