अध्यक्षका उम्मेदवार अर्यालले बाड्न लागेको २७ पत्ता जस्ता वाईसीएल मनहरीको नियन्त्रणमा
मनहरी,वैशाख २८ । नेपाली काङ्ग्रेसको तर्फबाट मनहरी -३ का लागि वडा अध्यक्षका लागि उम्मेदवार बनेका अनन्त कुमार अर्यालले बाढन लागेको जस्ता वाईसीएल मनहरीले नियन्त्रणमा लिएको छ । वडा अध्यक्षका उम्मेदवार बनेका अर्यालले मनहरी -३ लामिटार स्थित पक्की पुल अगाडि रहेको प्रतीक्षालय छाउनको लागि भनेर ल्याएको २७ पत्ता जस्ता वाईसीएल मनहरीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको वाइसीएल मनहरीका अध्यक्ष कृष्ण रुम्बा (झाक्री) ले जानकारी दिए ।
अर्यालले निर्वाचन आचार सहिताको उन्लङ्घन गर्नुको साथै मौन अबधिमा जनतालाई भोटको लागि फकाउन सार्बजनिक स्थलको लागि सहयोग गरेको जस्तो गरेर जनतालाई फकाउने कार्य भएको भन्दै जस्ता नियन्त्रणमा लिए प्रहरीलाई बुझाएको जनाएको छ । ब्यक्ति -ब्यक्ति मिलेर जस्तो किनेको भनेको भए पनि वडा अध्यक्षका उम्मेदवार अर्यालको ब्यक्तिगत खर्चमा किनेको खुल्न आएको झाक्रीको भनाई छ ।
सार्बजनिक स्थलमा सहयोग नगर्नु हामीले भनेक छैनौ ,तर यो समयमा सहयोग गर्नु भनेको निर्वाचन आचार सहिता (मौन अबधि ) बिपरित हो झाक्रीले भने । बरु अन्य समयमा सहयोग गर्नु उनले भने । वाईसीएलले नियन्त्रणमा लिएको जस्ता प्रहरीलाई जिम्मा लगाए संगै प्रहरीले उक्त जस्ता निर्वाचन अधिकृतको कार्यालय मनहरी लामिटारमा राखिएको छ ।

