सुनसान बसपार्क, चुनावका लागि नुवाकोटका स्थानीय नेताहरूले पुर्याए यात्रुलाई गन्तव्यसम्म

काठमाडौं,वैशाख २९ । स्थानीय चुनाव २०७९ का निम्ति राजधानी काठमाडौं छाड्ने यात्रुको संख्या वृद्धि भएको छ । काठमाडौं छाड्ने यात्रुको संख्या वृद्धिसंगै बसपार्क सुनसान भएको छ ।
जिल्लाका केहि स्थानीय तहका नेताकार्यकर्ताले त्यस क्षेत्रका नागरिक निशुल्क ओसार्न बिहीबार बिहान मात्रै ३५ वटा बस नुवाकोट भित्रिएका छन् । बा.२ ख ६३८० नम्बरका चालक मनोज मिजारका अनुसार नयाँ बसपार्कबाट मात्र सो संख्यामा बस भित्रिएका र बाहिरी क्षेत्रबाट रिजर्भ गरिएको बसको यकिन तथ्यांक यति नै भन्न नमिल्ने उनले बताए ।
नुवाकोटमा मात्र नभई अन्य जिल्लामा मतदान गर्नेहरु राजधानी छोडेकाले बसपार्क सुनसान प्रायः भएको बताइएको छ । बीचबाट यात्रु अलपत्र पर्न नदिन नुवाकोटमा भने गन्तव्य सम्म पुर्याउन मोटरसाइकलको व्यवस्थापन गरिएको पञ्चकन्या माओवादी केन्द्रका महेश सिटौलाले बताए ।
नुवाकोटका विभिन्न क्षेत्रमा यात्रु पुर्याउने यात्रुबाहक बसले १० हजारदेखि डेढ लाखसम्म लिएका छन् । सो खर्च गर्ने धेरै जसो वडाध्यक्ष्य रहेका छन । कतिपय यात्रु गङगबुको शिव मन्दिर नजीकैबाट रिजर्भ गरिएका छन् । केहि हप्तादिन अघिदेखि गाउँ भित्रिएका छन् । शिवपुरी यातायात र पासाङ ल्हामु यातायातका सबै गाडीको टिकट बुकिङ भैसकेको सो समितिले जनाएको छ ।