मतदाता बाेकेकाे बस दुर्घटना हुँदा ३० जना घाइते



डोटी,वैशाख २९ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । 

भारत, महेन्द्रनगर तथा कैलालीबाट मतदानका लागि मतदाता लिएर बाजुरा जाँदै गरेको बस डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

मालीका यातायातको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः४५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । बसमा सवार यात्रुहरु निर्वाचनमा सहभागी हुन आ–आफ्नो गाउँ फर्किदै गर्दा बस दुर्घटनामा परी घाइते भएको भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्