मतदान परिचयपत्र हरायो? भोट दिन नागरिकता वा राहदानी लिएर जानुस्

नुवाकोट,वैशाख २९ । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, १०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्र वा अन्य सक्कली सरकारी कागजपत्रको आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ ।
आयोगले बिहीबार गरेको निर्णयानुसार मतदाता नामावली का लागि मतदातामा नाम अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाको लालपुर्जाको सक्कल प्रमाणपत्र अनिवार्य हुनुपर्ने जिल्ला निर्वाचन आयोगले जनाएको छ ।