मुगुमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप, प्रहरीद्धारा १० राउण्ड हवाइ फायर



मुगु,वैशाख २९ । मुगुमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ । जिल्लाको सोरु गाउँपालिका-३ भिँईगाउँमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार भिँई गाउँ भिरालोमा रहेको र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकोला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताले ढुंगा खसाल्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएको छ ।

झडपबाट कुनै क्षति भने भएको छैन । अहिले दुवै पक्ष छलपल गरेर सामान्य अवस्था रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्