पालुङटारमा कांग्रेसका उम्मेदवारसहितका नेता, कार्यकर्ता चढेको कार सडकमै पल्टियाे



गाेरखा,वैशाख २९ । गोरखास्थित पालुङटारमा नेपाली कांग्रेसका उम्मेदवारसहितका नेता कार्यकर्ता सडक दुर्घटनामा परेका छन् ।

गोरखा पालुङटार नगरपालिका ९ को कामीडाँडामा नेपाली कांग्रेसका उम्मेदवारसहित नेता, कार्यकर्ता चढेको कार दुर्घटनामा परेको हो । प्रदेश ३–०१–०२४ च १५४० नम्बरकाे कार ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकमै पल्टिएको हो ।

कारमा कांग्रेसका तर्फबाट वडा नम्बर ९ का अध्यक्षका उम्मेदवार भेजराज पाण्डे, कांग्रेस गण्डकी प्रदेशकी सदस्य रविकला खनाल, मोदनाथ मरहट्टा लगायत नेता चढेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्