नुवाकोट शिवपुरी गाउँपालिका समुन्द्रादेवी माध्यमिक विद्यालयमा यस्तो छ निर्वाचन तयारी



नुवाकोट,वैशाख २९ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ खोलेगाउँमा निर्वाचन तयारी पुरा भएको छ ।

स्थानीयको सहयोगमा मतदान कक्ष निर्माण, मतदाताको पंक्ति निर्माणका साथै आवातजावतका लागि प्रवेश द्वार निर्माण तयारी पुरा भएको छ । सो समुन्द्रादेवी मतदान केन्द्रबाट तीन हजार ३३ मतदाताले मतदान गर्नेछन् ।

भौतिक पक्ष निर्माणसंगै आवश्यक जनशक्ति खटाइने स्थानीय राजनीतिक दल प्रतिनिधिहरुले बताएका छन् । शिवपुरी गाउँपालिकाका बोर्लाङ मतदान केन्द्र, ग्रामिणदेवी माध्यमिक मतदान केन्द्र, जनज्ञान निकेतन लगायत केन्द्रमा कुल २० हजार एक सय मतदाताले मतदान गर्नेछन् । शिवपुरीमा २५ स्थानमा मतदान हुनेछ । शिवपुरीमा एउटा ठाउँमा ३ वटा मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्