नुवाकोट पञ्चकन्यामा स्थगित निर्वाचन तीन घण्टापछि सुचारु



नुवाकोट,वैशाख ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा स्थगित चुनाव झन्डै तीन घण्टापछि खुलेको छ ।

दलीय स्थानीय पार्टी कार्यकर्तासहितको मिटिङ्ले तत्काल चुनाव सुचारु गर्ने तर पार्टीले निज रामजङ्ग बुढाथोकीलाई कार्वाही नगरेसम्म मतगणना नहुने सहमतिपछि स्थगित चुनाव सुचारु भएको हो ।

निर्वाचन शान्तपुर्वक संचालन भैरहेको बेला वडा सदस्यको उमेदवार समेत रहेका नेपाली काङ्ग्रेसका रामजङ्ग बुढाथोकीले गेटमा बसी पैसा वितरण गरिरहेको अन्य पार्टी कार्यकर्ताले देखेपछि झडपको स्थिति सिर्जना भएको थियोे ।

झडपपछि पारस्परिक छलफलपछि मतदान भएको छ । झडप अघि ८३४ मत खसेको थियोे । कुल मतदाता संख्या ३२ सय ४० रहेको मतदान केन्द्रमा बेलुकी अबेरसम्म सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्