सिन्धुपाल्चोकमा दुई केन्द्रमा झडप, पुनः मतदानका लागि पहल जारी



सिन्धुपाल्चोक,वैशाख ३० । नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच मतदानका विषयमा विवाद हुँदा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन बाह्रबिसे नगरपालिका–३ क्षमादेवी मावि मतदान केन्द्रमा झडप भएको छ ।

त्यस्तै, मतदानमा खटिएका कर्मचारीलाई काङ्ग्रेस प्रतिनिधिले ले मःम, फुर्टी खाजा ल्याइदिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा विवाद भएको छ । सुरक्षाकर्मी र काँग्रेस कार्यकर्ताबीच झडप भई मतदान रोकिएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउण्ड हवाईफाइरिङ गरेको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले झडपमा एमाले र काङ्ग्रेसका चारजना कार्यकर्ता घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्